आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मेगा बैंक कर्मचारी युनियनको अध्यक्षमा कृति वाग्ले चयन

दैनिक नेपाल २०७७ कार्तिक २२ गते २३:०७

काठमाडौं, २२ कात्तिक । मेगा बैंक नेपालको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् ।

दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक बुढाथोकी, महासचिवमा चन्द्रकान्त न्यौपाने, सचिवमा शिवहरि भण्डारी तथा कोषाध्यक्षमा रोजी श्रेष्ठ चयन भएका छन् ।

यसैगरी कार्यसमितिका सदस्यहरूमा दिक्षान्त अर्याल, विजय तिमिल्सिना, आशिष श्रेष्ठ, भोजराज जोशी, रामेश्वर घिमिरे र श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् । थप एक जना सदस्यमा प्रमिष नेपाललाई शनिबार नै मनोनित गरिएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने छ ।

युनियनको शनिबार सम्पन्न सो महाधिवेशनमा अध्यक्ष कृति वाग्लेले अध्यक्षको तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि अधिवेशनका प्रतिनिधिहरूको व्यापक छलफलपछि पारित गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित