२ कार्तिक २०८३, सोमबार

२४ घण्टामा २७५३ जना नयाँ कोरोना संक्रमित थपिए

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जना नयाँ संक्रमित थप भएका छन् ।

यो सँगै संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ पुगेको छ ।

हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्षन गुमाउने संख्या १ हजार ८७ जना पुगेको छ ।

२४ घण्टामा १० हजार ४२३ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म १५ लाख २७ हजार ७६६ जनको पीसीआर विधिबाट कारोनाको जाँच गरिसकिएको छ ।

यस्तै हाल देशभर १ हजार १४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।