१ कार्तिक २०८३, आइतबार

संसद अधिवेशन बोलाउन डा. बाबुराम भट्टराईको माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलान माग गरेका छन् ।

कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्धलगायत विविध विषयमा छलफल गर्नुपर्ने भएकाले पनि संसद अधिवेशन बोलाउन उनले सरकारसँग माग गरेका हुन् ।

शनिबार ट्विट गर्दै उनले नेकपाभित्रको संघर्ष आन्तरिक मामिला भएकाले आफूहरुको चासो नभए पनि त्यसले सरकार र सरकारको कामकारबाही समेत प्रभावित भएको सम्बन्धमा आम जनता र प्रतिपक्षी दलहरुको समेत तीव्र चासो रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला, उसैले छिनोफानो गरोस्त ! तर केपी शर्मा ओली नेतृत्वको सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि ! १. कोरोना २. अर्थतन्त्र ३. संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध ६. अन्य !’