१ कार्तिक २०८३, आइतबार

बाँकेमा एकैदिन ४ जना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २२ कात्तिक । बाँकेमा उपचाररत ४ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको छ ।

बाँके राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जका ४८ वर्षीय पुरुष, टीकापुर नगरपालिका–१ कैलालीका ५६ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङकी २० वर्षीया महिला र तुल्सीपुर उपमहानगरपालिका–५ दाङकै ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनीहरुमध्ये २ जनाको शुक्रबार दिउँसो तथा २ जनाको शुक्रबार राति मृत्यु भएको बताइएको छ ।

यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ ।