
काठमाडौं, २२ कात्तिक । बिहानै मर्निङ वाक हिँडेका एक पुरुष चोभारमा मृत अवस्थामा भेटिएका छन् ।
शनिबार बिहान धोबीघाट सनराईज अपार्टमेन्ट नजिक ती पुरुषलाई मृत अवस्थामा भेटिएको हो । स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए ।
आराम गर्दागर्दै बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान छ । शवको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीको भनाइ छ ।
मृतकको पहिचान भएको छैन ।















प्रतिक्रिया