१ कार्तिक २०८३, आइतबार

चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा अधिकारी निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २२ कात्तिक । चितवन जिल्ला अदालत बार एशोेसिएसनको २१ं औं जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि रामकृष्ण अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पीएलए) का उमेदवार रामकृष्ण अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डीएलए) का उम्मेदवार डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले १०७ मत प्राप्त गरेर विजयी बन्दा पोख्रेलले ८० मत मात्रै प्राप्त गरेका छन् ।

यस्तै एशोेसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन् । डीएलएका उमेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्दी पीएलएका रामचन्द्र देवकोटालाई पराजित गरेका छन् । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरेका थिए ।

यसैगरी सचिवमा पीएलएका उमेदवार विनोद मिश्र विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी डीएलएका श्रीराम दवाडी पराजित भएका छन् । मिश्रले ९९ र दवाडीले ८२ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन् ।