आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

तिहारका लागि एक अर्बभन्दा धेरैकाे तिहारकाे मसला भित्रियाे

दैनिक नेपाल २०७७ कार्तिक २२ गते ८:०९

काठमाडौं, २२ कात्तिक । काेराेना महामारी तिब्र भइरहेका बेला तिहारका लागि १ अर्ब २० करोड १४ लाख ६१ हजार रुपियाँ बराबरको तिहारकाे मसला भित्रिएको छ ।

तीन महिनामा ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडालगायतको गरी उक्त रकम बराबरको सामान अन्य मुलुकबाट नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ ।

यो अवधिमा ३३ लाख ४३ हजार ८ सय ६२ किलो बराबरको ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडा, सुपारी, नरिवल, खुबानी ९एप्रिकोर्ट्स०, अन्य नट्स र अञ्जिर आयात भएको छ । यी सामान मिसाएर विशेषगरी तिहारमा भाइ मसला बनाइन्छ ।

जसलाई भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पूजा गरी दिने गर्छन् । आयातित यी सामान काठमाडौं उपत्यकामा मात्रै ७० प्रतिशत खपत हुने नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित