आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

फ्रान्समा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण, लकडाउन दाेस्राे हप्तामा

दैनिक नेपाल २०७७ कार्तिक २२ गते ८:०२

पेरिस, २२ कात्तिक । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार फ्रान्समा ६० हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार फ्रान्समा अहिलेसम्म १७ लाख ९ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म फ्रान्समा कोभिड–१९ का कारण ३९ हजार ९१६ जनाको ज्यान गएको छ।

शुक्रबार एकै दिन ८२८ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । फ्रान्समा अहिले दोस्रो पटकको लकडाउनको पहिलो हप्ता जारी छ । लकडाउन कम्तीमा आउँदो डिसेम्बर १ सम्म जारी रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित