
काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टले निमार्ण गरेको ‘परदेशीको पीडा’ म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गरे ।
काठमाडौंको न्यूरोडस्थित रिभोल्भिङ रेष्टुराँमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाइको विदेशमा भोगेको दुःखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुशी व्यक्त गरे ।
रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ ।
खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गएपनि दुःख मात्रै पाउने , राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जर्मको गरेको छ ।
गीतकार नवराज घिमिरेद्धारा रचित परदेशीको पीडालाई विनोद दनुवारले गाएका छन भने भिडियोमा फोटो पत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो–















प्रतिक्रिया