
काठमाडौं । नेपाली प्राविधिकहरुको उत्कृस्ट काम भारतीय रचनाकार दिपक ठाकुरको शब्द तथा स्वर रहेको ‘ओ रे पियारे’ बोलको गीत सार्वजनिक भएको छ ।
कञ्चनजङ्घा सिने क्रियसनको ब्यानरमा निर्माण भएको यो गीतलाई गत केही महिनाअघि भारतको माहाराष्ट«को औरंगाबादको रेलवेको पट्रीमा १६ जना भारतीय मजदुरको मृत्यु भएको घटनालाई निर्देशक पल्लवीले निकै उत्कृष्ट प्रस्तुति दिएका छन् ।
जसमा नेपाली सिनेमा नगरीकी चर्चित नायिका सुरबिना कार्की र भारतीय प्रख्यात कलाकार यजुवेन्द्र प्रताप सिंहलाई फिचर्ड गरिएको छ ।
भारतको विभिन्न स्थानमा छायांकन गरिएको यस गीतमा कथा लाई पनि उत्तिकै सहज तरिकाले प्ले गरिएको छ । जयन्त पटनायकको संगीत रहेको यस गीतलाई निर्देशक पल्लवीले निर्देशन गरेका हुन् । यो गीतको म्यूजिक भिडियोलाई जी म्यूजिक कम्पनीको आफिसिएल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
टिकम शर्माको निर्माणमा बनेको यस गीतलाई आशातित गीतको रुपमा लिइएको छ । यसअघि पनि निर्माता टिकुम शर्माले नेपाली नायिका रिस्ता बस्नेतलाई फिचर्ड गरेर ‘साथिया तेरे बिना…’ बोलको गीत सार्वजनिक गरेका थिए ।
नेपाली कला र संस्कृतिलगायत नेपाली कलाकारहरुलाई पनि विशेष प्राथमिकतामा राख्ने निर्माता टिकम शर्माको आगामी दिनमा पनि थुप्रै भारतीय गीतहरु रहेको र त्यसमा पनि नेपाली कलाकार तथा प्राविधिकहरुलाई समेट्ने उनले बताएका छन् ।
छायाकार पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस भिडियोलाई सम्पादक बिपिन मल्लले सम्पादन गरेका छन् । भिडियोका छायाकार तथा सम्पादक नेपालको राष्ट्रिय अवार्डबाट अवार्डडेड प्राविधिकहरु हुन् ।
हेर्नुहोस् भिडियो–















प्रतिक्रिया