
रौतहट, २१ कात्तिक । रौतहटमा आगामी मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा कोरोनाबाट मर्नेको संख्या र संक्रमित बढेसँगै जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा जारी गरेको बताएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी मंसिर १७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
रौतहटमा कोरोनाबाट १४ जनाको ज्यान गइसकेको छ भने हाल १७४ जना सक्रिय संक्रमित छन् ।















प्रतिक्रिया