
काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार दिउँसो ३ घण्टा बसेको बैठक विनिष्कर्ष टुंगिएको हो । कांग्रेसका शीर्ष नेताहरुको बैठक ४ दिनदेखि जारी छ, तर कुनै निष्कर्ष भने निकाल्न सकेको छैन ।
आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बलबहादुर केसी, रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, देउवा पक्षका एनपी साउदलगायतले धारणा राखेका थिए ।
जारी बैठकमा पौडेल पक्षीय नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराएको १६ बुँदे ज्ञापनपत्रको पक्षमा धारणा राखेका छन् । तर, संस्थापन पक्षका नेताहरूले भने त्यसको प्रतिवाद गरेका छन् ।
पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत निर्णय भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको छ भने सबै निर्णय विधानसम्मत भएको संस्थापन पक्षको दाबी छ ।















प्रतिक्रिया