
काठमाडौं । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ । यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।
युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्यूजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।
भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपसिस्टर्स’को अफिसिएल युट्यूव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो–
















प्रतिक्रिया