१ कार्तिक २०८३, आइतबार

मंसिर २ गतेदेखि सार्वजनिकस्थलमा खाना खुवाउन प्रतिबन्ध

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । काठमाडौं महानगरपालिकाले काठमाडौंका कुनै पनि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यक्रममाथि आगामी मंसिर २ गतेदेखि प्रतिबन्ध लगाउने भएको छ ।

खुला क्षेत्रबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा शुक्रबार काठमाडौं महानगर र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका पक्षबीच भएको छलफलपछि यस्तो सहमति भएको हो ।

उक्त छलफल निःशुल्क भोजन व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियसन एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं, न्यू ग्रिनसिटी, सेभ्स एसोसिएसन अफ नेपाल, हाम्रो सानो प्रयास, गसिब क्वीन नेपाल हन्ड्रेड ग्रुप, भक्त वीवी फर ह्युमानिटीलगायत संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

यसैगरी महानगरका निर्देशकहरू हरिबहादुर कुँवर, बसन्त आचार्य तथा नगर प्रहरी नायब उपरीक्षक राजु पाण्डे र दिनेश अर्याललगायत अधिकारीहरू सहभागी थिए ।

छलफलमा खुला ठाउँमा खाना खुवाउँदा उत्पन्न भएको सामाजिक प्रतिष्ठा, महामारीको जोखिम बढ्न सक्ने खतरा विषयमा छलफल भएको थियो भने निःशुल्क भोजन गराउन चाहने संघसंस्था तथा अभियन्ताले मंसिर १ गतेसम्ममा वैकल्पिक व्यवस्था गरिसक्ने सहमति भएको छ ।

२ गते प्रदान गरिने भोजनका लागि वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र त्यसै दिनदेखि खुलामञ्चलगायत सार्वजनिक कुनै पनि ठाउँमा निःशुल्क भोजनको व्यवस्था नगर्ने सहमतिमा उल्लेख छ ।