मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

‘नेपाल’ नामको अगाडि विशेषण जोड्नु आवश्यक छैन : कमल थापा

दैनिक नेपाल २०७७ कार्तिक २१ गते १९:३०

काठमाडौं, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ भएकाले नेपालको अगाडि कुनै पनि विशेषण जोड्नु आवश्यक नरहेको बताएका छन् ।

अध्यक्ष थापाले शुक्रबार ट्विट गर्दै भनेको छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन । सरकारको निर्णय ठिकक छ ।’

नामअगाडि रहेको विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ– ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ भनि आलोचना समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित