आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

अमेरिकी राष्ट्रपतीय चुनावको मतगणनामा बाइडेनको अग्रता कायमै

दैनिक नेपाल २०७७ कार्तिक २१ गते १८:२६

काठमाडौँ, २१ कात्तिक । अमेरिकी राष्ट्रपतीय चुनावको मतगणनामा जो बाइडेनले अग्रता कायम गरिरहेका छन् ।

उनले जर्जिया राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जो बाइडेनले पछि पारेका हुन् ।

न्युयोर्क टाइम्सका अनुसार बाइडेनले ट्रम्पलाई पछि पारेसँगै उनी जितको नजिक पुगेका छन् ।

अहिलेसम्म त्यहाँ ९८ प्रतिशत मतगणना सकिएको छ । न्युयोर्क टाइम्सका अनुसार बाइडेन ९ सय १७ भोटले अगाडि छन् ।

यो नै अन्तिम नतिजा भने होइन। बाइडेनले २ सय ५३ इलेक्ट्रोल कलेज जितिसकेका छन् । त्यस्तै, ट्रम्पले २ सय १४ इलेक्ट्रोल कलेज जितेका छन् ।

अमेरिकामा राष्ट्रपतिको चुनाव जित्न २ सय ७० इलेक्ट्रोल कलेज आवश्यक छ । जर्जियामा मात्रै १६ इलेक्ट्रोल कलेज छ । त्यहाँ जित हात पारेसँगै बाइडेनसँग २ सय ६९ इलेक्ट्रोल भोट हुनेछ ।

अमेरिकामा गत मंगलबार राष्ट्रपतिको चुनाव भएको थियो। ५० वटा राज्यमध्ये ४४ वटा राज्यका नतिजा सार्वजनिक भइसकेका छन्।

तीमध्ये ट्रम्प पेन्सिलभेनिया, नर्थ क्यारोलिन र अलास्कामा अघि छन्। त्यस्तै जर्जिया, नेभेडा र एरिजोनामा बाइडेनको अग्रता छ । -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित