आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले गरे भेटवार्ता

दैनिक नेपाल २०७७ कार्तिक २१ गते १३:५७

काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार उनीहरुबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न वुधबार नेपाल आएका हुन् ।

उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी थिइन् ।

नरवणे आजै स्वदेश फर्किँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित