शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

धरानमा बालकसहित थप २ कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ कार्तिक २१ गते १३:४५

काठमाडौँ, २१ कात्तिक । सुनसरीको धरानमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुर कटारीका १४ बर्षीय बालक र धरान–१८ का ७८ बर्षीय पुरुष रहेका छन् । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको छ ।

मृत्यु भएका बालकलाई कात्तिक १६ गते नोबेल अस्पतालबाट रिफर गरिएको थियो । उनको शुक्रबार विहान मृत्यु भएको हो ।

मानसिक समस्या भएका धरानका ७८ बर्षीय पुरुषको भने बिहीबार राती ११ बजे मृत्यु भएको थियो । बिहीबार नै कोरोना पोजेटिभ देखिएको उनको अस्पताल भर्ना गरेको केही समयमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित