९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीसँग भारतीय सेना प्रमुख नरवणेले आज भेट गर्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेका छन् ।

आजै दिउँसो उनीहरुबीच भेट हुने भनिएपनि कति बजे हुने भन्नेबारे बताइएको छैन ।

नरवणे महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यद्यपि यसपटकको उनको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । नेपाल भारतबीचको सीमा विवादका विषयमा विवादस्पद टिप्पणी गरेका उनको भ्रमणको विषयलाई कतिपयले विरोध पनि गरेका छन् ।

भेटमा प्रधानमन्त्री ओली र भारतीय सेना प्रमुख नरवणेबीच विशेष संवाद हुने अनुमान गरिएको छ । असोज ५ गते भारतीय रअ प्रमुख सामान्त गोयलले प्रधानमन्त्री ओलीले भेट गरेर फकिएपछि नरवणेको नेपाल भ्रमण भएको हो ।

उनी दिल्लीबाट विशेष गाइडलाइनका साथ नेपाल आएका हुन् । प्रधानमन्त्री ओलीसँग कुराकानी गरेर दिल्ली फर्केपछि नेपालमा भएका कुराकानीलाई ब्रिफ गर्ने बताइएको छ ।

भारतीय सेना प्रमुख नरवणे आज पाँच वजे आफ्नो विशेष विमानबाट भारत फर्किनेछ ।