
काठमाडौं, २१ कात्तिक । राष्ट्रपतिले प्रयोग गर्ने हेलिकोप्टर चढेर भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे सोलुखुम्बु पुगेका छन् ।
तीनदिने नेपाल भ्रमणको आज अन्तिम दिन उनी सगरमाथाको दृश्यावलोकन गर्न सोलुखुम्बु पुगेका हुन् ।
सेनाध्यक्ष मनोजले यसअघि नेपाल आएकै दिन वसन्तपुर दरबार स्क्वायर र पशुपतिनाथको दर्शन गरेका थिए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको आएका उनी सेनाले भीभीआईपीका लागि खरिद गरेको हेलिकोप्टर अगुष्टामार्फत सोलु पुगेका हुन् ।
विश्वका सबै भन्दा अग्लो स्थानमा रहेको होटेल एभरेष्ट भ्यूमा ब्रेकफास्ट लिनेगरि जनरलसहितको टोली सोलु पुगेको हो । नरवणेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गरेर स्वदेश फर्किंने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया