ललितपुर, २१ कात्तिक । सडक नबनेपछि ललितपुरकाे सुनाकाेठीका स्थानीयबासिन्दा आन्दाेलनमा उत्रिएका छन् ।
ठेकेदारले सडक कालोपत्रे गर्ने काम समयमै नगरेको भन्दै सुनाकाेठीका जनता आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
दबाबपछि सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभेल झारे पनि अझै पिचको काम सुरु हुन्छ भनेर विश्वस्त हुन सक्ने वातावरण नभएको स्थानीय बासिन्दाको भनाइ छ । उनीहरूले शुक्रबार पनि बिहाननैदेखि सडक बन्द गरेका छन् ।
नेकपाका दाेस्राे वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी सारदाप्रसाद अधिकारीकाे शैलुङ कन्स्ट्रक्सन जेभीले ढोलाहिटी-सुनाकोठी-चापागाउँ सडक विस्तारको जिम्मा पाएको छ ।
ठेक्का पाएको ६ वर्ष बितिसक्दासमेत सडक विस्तार हुन सकेकाे छैन । सडक कालोपत्रे पनि हुन सकेको छैन ।











प्रतिक्रिया