आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

अमेरिकामा बाइडेन अगाडी आएपछि ट्रम्पले मुद्दा हाले, दुई पक्षबीच ठाउँ ठाउँमा झडप

दैनिक नेपाल २०७७ कार्तिक २० गते २१:१७

काठमाडौँ, २० कात्तिक । अमेरिकाको राष्ट्रपतिको निर्वाचन मतगणना अन्तिम चरणमा पुगेर फँसेको छ ।

डेमोक्रेटिकका उम्मेदवार जो वाइडेन अगाडी भइरहँदा रिपब्लिकका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक तथा मेलबाट प्राप्त मतपत्रप्रति फर्जी करार गरिदिएर अदालतमा मुद्दा हालेका छन् ।

यसैबीच ट्रम्प र वाइडेनका समर्थकहरु सडकमा उत्रेपछि ठाउँ ठाउँमा तनाव उत्पन्न भएका छन् । हिंसा भड्किन सक्ने भन्दै प्रहरीले दर्जनौँलाई पक्राउ गरेको छ ।

कोभिडका कारण हुलाकबाट मतदानको व्यवस्था मिलाइएको थियो । तर राष्ट्रपति ट्रम्पले ति मतहरुमा धाँधली भएको आरोप लगाएका छन् । हुलाकबाट आएको मतमा धेरैजसो बाइडेनको पक्षमा रेहेको छ ।

मतपरिणाम लम्बिएसँगै दुवै पक्षबीच विभिन्न ठाउँमा झडप तथा तनाव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित