
काठमाडौँ, २० कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि सरेको छ ।
कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा बैठक कात्तिक २४ गते सोमबार १ बजे बस्ने भएको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक सोमबारका लागि बस्ने जनाएका हुन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।















प्रतिक्रिया