१ कार्तिक २०८३, आइतबार

भोजपुर र धनुषामा ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा शुरू

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । ग्लोबल आईएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३१ पुगेको छ ।

बैंकले भोजपुरको जिल्लाको षडानन्द गाँउपालिका–११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा ङदिरा घले र धनुषा जिल्लाको कमला नगरपालिका–७, हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको बताएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, विभिन्न टीभी तथा टेलिफोनको महशुल भुक्तानी गर्ने तथा, मोबाइल रिचार्ज गर्ने लगायत सेवा लिन सक्ने बैंकको भनाइ छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटीएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ सेवा र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।