
काठमाडौँ, २० कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ३ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमितमध्ये ६ सय १ जना महिला र ७ सय ९८ जना पुरुष रहेका छन् ।
हाल काठमाडौँमा १६ हजार ३ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, भक्तपुरमा १ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २ हजार २ सय ७६ जना रहेका मन्त्रालयले जनाएको छ ।
देशभर बिहीबार थप ३ हजार ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार ५२ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया