
काठमाडौँ, २० कात्तिक । सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।
उनीहरुबीचको छलफल बिना निष्कर्ष सकिएको छ । करिब ३ घण्टा लामो उनीहरुबीचको छलफलमा दुवै पक्षले पुरानै अडान राखेपछि छलफल सहमति नभइ सकिएको स्रोतले जनाएको छ ।
पछिल्लो समय पार्टीमा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसम्मका विषयले विवाद उठाएको छ ।
बालुवाटारमा उनीहरुबीच यिनै विषयमा सहमति जुटाउने प्रयासस्वरुप छलफल भएपनि कुनै ठोस निष्कर्ष ननिस्केको हो । पार्टी एकता नै धरापमा परेको बताउँदै नेताहरुले नेतृत्वलाई मिल्नका लागि दवाव पनि दिइरहेका छन् । यद्यपि हालसम्म कुनै सहमति नहुनुले थप जटिलता सिर्जना गरेको नेताहरुको बुझाइ छ ।















प्रतिक्रिया