
कैलाली, २० कात्तिक । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भजनी नगरपालिका–५ का दीर्घबहादुर कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा कैलाली जिल्ला अदालतको २०७४ मंसिर २४ गतेको फैसलाले ११ वर्ष कैद सजाय भई फरार उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सोही ठाउँमा पक्राउ गरेको बताएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















प्रतिक्रिया