
काठमाडौं, २० कात्तिक । बुधबार र बिहीबार ललितपुर र नवलपरासी (पूर्व)मा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका–२२ भैसेपाटी खोकनास्थित कार्यबिनायक मन्दिरको पार्किङ अगाडि काठमाडौं फर्पिङ बस्ने ४० वर्षीय पुजा जैसी बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका–३ स्थित जयश्री खोलाको बाँधमा सोही नगरपालिका–२ का २६ वर्षीय बिजयबावु पौडेल र २१ वर्षीय संगम पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दुबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया