१ कार्तिक २०८३, आइतबार

स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै कक्षा ११ को परीक्षा शुरू

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २० कात्तिक । कोरोना भाइरस महामारीको सन्त्रासकाबीच स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गरेर डडेल्धुराका माध्यामिक विद्यालयहरुमा कक्षा ११ को परीक्षा शुरू गरिएको छ ।

कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार डडेल्धुराका विद्यालयहरुले कक्षा ११ को परीक्षा शुरु गरेको जनाएका छन् ।

कार्यविधि अनुसार परिक्षा तालिका सार्वजनिक गरेर डडेल्धुराका अधिकाँस विद्यालयहरुले परीक्षा सञ्चालन गरेको बताएका छन् । डडेल्धुराका ३३ वटा माध्यामिक विद्यालयमध्ये अजयमेरु गाउँपालिकामा रहेका बालकल्याण माध्यामिक विद्यालय र भद्रपुर माध्यमिक विद्यालयले कात्तिक १७ गतेदेखि नै रीक्षा सञ्चालन गरेका थिए भने जिल्लाभरिका थप १७ वटा माध्यामिक विद्यालयहरुले बिहीबारदेखि परीक्षा सञ्चालन गरेका हुन् ।

कक्षा ११ को परीक्षा सञ्चालन कार्यविधि २०७७ अनुसार विद्यालयहरुले आफूलाई पायक पर्ने समयमा परीक्षा सञ्चालन गरिरहेको बताइएको छ ।