१ कार्तिक २०८३, आइतबार

धरानमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २० कात्तिक । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरीको राजविराज–१ की २३ वर्षीया महिला र राजविराज–८ का ६५ वर्षीय पुरूषको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।

यस्तै मोरङका ५९ वर्षीय पुरूषको पनि बिहीबार नै मृत्यु भएको अस्पतालले बताएको छ ।

२३ वर्षीया युवतीमा कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै ६५ वर्षीय पुरूषमा कात्तिक १५ गते संक्रमण पुष्टि भएर उपचाररत थिए ।

कात्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।