१ कार्तिक २०८३, आइतबार

साउदीमा आप्रवासी श्रमिकले रोजगारदाताको अनुमतिबिना नै कम्पनी परिवर्तन गर्न पाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । साउदी अरेवियामा रोजगारदाता कम्पनीको अनुमतिबेगर आप्रवासी श्रमिकले कम्पनी परिवर्तन गर्न पाउने भएका छन् ।

नेपाली श्रमिकहरुको समेत प्रमुख श्रमगन्तव्य बन्दै आएको साउदी अरबमा त्यहाँको सरकारले कम्पनी परिवर्तन गर्न पाउने तथा करार अवधि सकिएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाउने व्यवस्था गरेको हो ।

त्यहाँस्थित मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार घोषणा गरेको सो व्यवस्था आगामी १४ मार्चदेखि कार्यान्वयनमा आउने छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि करार अवधि सकिएपछि पनि कामदारहरुले आफ्नो रुचि र सीपअनुसार कम्पनी परिवर्तन गर्न पाउने छन् ।

यसअघि कामदारहरुले आफू कार्यरत कम्पनीको अनुमतिबिना अन्य कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था थिएन । करार अवधि सकिएर स्वदेश फर्कनसमेत रोजगारदातासँग अनुमति चाहिने व्यवस्था थियो ।

हाल साउदीमा ३ लाख ५० हजारको हाराहारिमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ ।