आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

अमेरिकाको राष्ट्रपति चुनावमा बाइडेनको पक्षमा नतिजा जाने संकेत

दैनिक नेपाल २०७७ कार्तिक २० गते ७:२९

न्युयाेर्क, २० कात्तिक । अमेरिकाको राष्ट्रपति चुनावमा बाइडेनको पक्षमा नतिजा जाने संकेत देखिएको छ ।

मिचिगन (१६), एरिजोना (११), विस्कन्सन (१०) र नेब्रास्का सेकेन्ड कंग्रेसनल डिस्ट्रिक्ट (१) बाइडेनको पक्षमा जाने प्रक्षेपण भएकाे छ ।

अमेरिकाको ४६औं राष्ट्रपति को बन्ने भन्ने निर्णय नभाडाको ६ इलेक्ट्रोल कलेज मतमा पुगेर अडिएको छ ।

ट्रम्प समर्थक फक्स न्युजले बाइडेनको पक्षमा २६४ मत प्रक्षेपण गरिसकेको छ । ट्रम्पको पक्षमा २१४ मत मात्र प्रक्षेपण गरेको छ ।

दक्षिणपन्थी राजनीतिक पण्डाहरू पनि अब अदालतले मात्र ट्रम्पलाई राष्ट्रपति बनाउन सक्ने झिनो आशा बाँकि रहेको बताउन थालेका छन् ।

नेभाडामा बाइडन र ट्रम्पबीच तीब्र प्रतिस्पर्धा छ। ७५ प्रतिशत मत गन्दा बाइडनको पक्षमा ४९.३ प्रतिशत र ट्रम्पको पक्षमा ४८.७ प्रतिशत मत गएको छ । बाइडेन ७ हजार ६४७ मतले मात्र अगाडि छन् ।

प्रतिक्रिया
सम्बन्धित