लण्डन, २० कात्तिक । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले डिनामाे किएभलाई पराजित गरेकाे छ ।
समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको हाे ।
घरेलु मैदानमा भएको खेलमा पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गरि टिमलाई सुरुवाति अग्रता दिलाए ।
६५ औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता दोब्बर पारे । डिनामो किएभका लागि सिगान्कोभले ७५ औँ मिनेटमा एक गोल फर्काए। लगातार तेस्रो जितसहित बार्सिलोना ९ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।















प्रतिक्रिया