आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

अमेरिकामा चुनावी परिणाम आउने क्रम जारी, हालसम्म बाइडेन अगाडी

दैनिक नेपाल २०७७ कार्तिक १९ गते २२:१८

काठमाडौँ, १९ कात्तिक । अमेरिकामा ५८ औँ राष्ट्रपतिका लागि सम्पन्न चुनावको परिणाममा हालसम्म जो बाइडेनले अग्रता कायम गरिरहेका छन् ।

विसकन्सिन र मिसिगनमा उनको झिनो अग्रता कायम रहेको हो ।

पेन्सिलभेनिया, जर्जिया र नर्थ क्यारोलिनामा डोनाल्ड ट्रम्पले अग्रता कायम गरिरहेका छन् भने नेभाडामा पनि जो बाइडेन अगाडी रहेका छन् । उता अलास्कामा ट्रम्पको अग्रता कायम रहेको छ ।

अहिलेको अग्रता कायमै रहेमा जो बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नेछन् । जुन चुनाव जित्नका लागि प्रयाप्त हुनेछ । अहिलेकै अग्रता यथावत रहेमा डोनाल्ड ट्रम्पले २६८ इलेक्टोलर मत प्राप्त गर्नेछन् ।

विसकन्सिनमा १० र मिसिगनमा १६ इलेक्टोरल मत रहेको छ ।

त्यस्तै पेन्सिलभेनियामा २० र नर्थ क्यारोलिनामा १५ इलेक्टोरलम मत रहेको छ । यी राज्यमा पनि २०१६ मा डोनाल्ड ट्रम्पले नै जितेका थिए । कुनै बेलाको रिपब्लिकन पकड रहेका जर्जिया अहिले ब्याटलग्राउण्ड राज्य भएको छ । यहाँ १६ इलेक्टोरल मत रहेको छ ।

अमेरिकामा जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित