८ कार्तिक २०८३, आइतबार

तनहुँमा जुवा खेल्ने ७ पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, १९ कात्तिक । तनहुँमा करिब २ लाखसहित जुवा खेल्दै गरेका ७ जना पक्राउ परेका छन् ।

शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार ६ स्थित सोपकोटा होटलबाट प्रहरीले जुवा खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लागण्डकी–११ घर भएका दिपक श्रेष्ठ, दिपक बिक, शंकर शर्मा, कमल थापा, ब्यास–१० घर भएका मोती कुमार श्रेष्ठ, बाग्लुङका टेक छन्त्याल र पर्वतका रबी गुरुङ रहेका छन् ।

मंगलबार साँझ डिएसपी युवराज तिमिल्सिना नेतृत्वको टोलीले जुवा खालबाट १ लाख ९७ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

उनीहरुमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।