
काठमाडौँ, १९ कात्तिक । वीर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
आफ्ना मागहरु पूरा नभएको भन्दै इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरूले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन् ।
पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ ।
त्यस्तै, अस्पतालले धम्की दिँदै काममा खटाएको समेत उनीहरुको भनाइ रहेको छ ।
उनीहरुले महामारीबा बीच काम गर्दा भएको अस्पतालको यस्तो व्यवहारले आफूहरुको मनोबल खस्केको बताएका छन् ।
त्यस्तै, काममा आवश्यक स्वास्थ्य सामाग्री पनि अस्पतालले उपलब्ध नगराएको उनीहरुको आरोप छ ।
राजीनामा दिने सबै इमरजेन्सीमा खटिने मेडिकल अधिकृतहरु रहेका छन् ।















प्रतिक्रिया