८ कार्तिक २०८३, आइतबार

थप ३० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ३४ पुग्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ ।

वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ३० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या १ हजार ३४ पुगेको छ ।

वुधबार देशभर थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३ हजार ८ सय ४४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।