८ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा थपिए १८ सय ७८ कोरोना संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ८ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार ५ सय ७०, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ गरी उपत्यकामा १ हजार ८ सय ७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभर वुधबार थप ३ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार ३४ जनाको मृत्यु भइसकेको छ ।