
काठमाडौँ, १९ कात्तिक । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यमा गोपाल खनाल नियक्त भएका छन् ।
खनाललाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले नियुक्त गरेका हुन् ।
उनलाई खेलकुद विकास विधेयक पच्छिेद २ उपधारा ३ को (ण) अनुसार मन्त्री विश्वकर्माले राखेप सदस्यमा नियु्क्त गरेका छन् ।
विधेयकमा उद्योग वाणिज्य तर्फको प्रतिनिधित्वको प्रावधान रहेकाले खनाल उद्योग वाणिज्य महासंघका तर्फवाट राखेप सदस्यमा सिफारिस भएका थिए ।
राखेप सदस्यमा नियुक्त भएपछि खनालले मन्त्री विश्वकर्मालाई आभार व्यक्त गर्दै उनले भने, “सदस्यको हैसियतले खेलकुदमा निजी क्षेत्रको सहभागिता बढाउने सँगै खेलकुद विकासका लागि योजनाहरुको कार्यान्वयनको पक्षमा आफू सधै उभिने छु ।”
उद्योग वाणिज्य महासंघमा शिक्षा सिप विकास समितीको सभापती समेत रहेका उनी महासंघमा दुई कार्यकाल रहि सकेका छन् । उनी नेपालका प्रतिष्ठित कम्पनीहरु मेगा बैंक, मेगा कलेज तथा एक्याप पव्लिकेशनमा समेत आवद्ध हुनुहुन्छ ।















प्रतिक्रिया