
काठमाडौँ, १९ कात्तिक । आफ्नै सहकर्मीको हत्या गरी फरा रहेको आरोपितलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।
काभ्रे पनौती घर बताउने अन्दाजी करिब १८ वर्षको श्याम खड्कालाई आफ्नै सहकर्मी ध्रुव भन्ने ४७ वर्षीय मानकाजी श्रेष्ठले हत्या गरी फरार रहेका थिए ।
वि.सं. २०५४ कात्तिक १६ गते काठमाडौँ महानगरपालिका वडा नं. ८ जयबागेश्वरी स्थित निर्माणेश्वर मन्दिर नजिक हत्या भएको थियो ।
फरार श्रेष्ठको नाममा काठमाण्डौँ जिल्ला अदालतले २०७४ कात्तिक २८ गते वारेण्ट समेत जारी भएको थियो । केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलिले श्रेष्ठलाई वुधबार ललितपुर महानगरपालिका वडा नं. ५ थसीखेलबाट पक्राउ गरेको छ ।
उनीमाथि आवश्यक कारवाहीको लागि आजै काठमाण्डौँ जिल्ला अदालतमा पेश गरिएको व्यूरोले जनाएको छ ।















प्रतिक्रिया