आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

चुनाव हारे सर्वाेच्च अदालत जान्छु : राष्ट्रपति ट्रम्प

दैनिक नेपाल २०७७ कार्तिक १९ गते १४:०८

काठमाडौँ, १९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिको चुनवामा पराजित भए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।

उनले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । उनले आफूले चुनाव जितिसकेकै ठोकुवा समेत गरेका छन् । केही प्रान्तहरूमा भने डेमोक्रेटिक उम्मेदवार जोए बाइडनले धाँधली गरेको समेत ट्रम्पले आरोप लगाएका छन् ।

ट्रम्पले त्यस्तो धाँधलीविरुद्ध आफू सर्वोच्च अदालत जाने बताएका हुन् ।

अमेरिकामा ५८ औँ राष्ट्रपतिको लागि चुनाव सम्पन्न भएको छ । जसमा ट्रम्प र बाइडेन चुनावी मैदानमा रहेका छन् । हालसम्म बाइडेनको अग्रता रहेको फक्स न्युजले जनाएको छ । यद्यपि चुनावको परिणाम आउने क्रम जारी रहेको छ । -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित