
काठमाडौँ, १९ कात्तिक । तीन दिनको नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको लागि कडा सुरक्षा व्यवस्था गरिएको छ ।
आजै मध्यान्हमा सैनिकको विशेष विमानमार्फत काठमाडौँ आइपुगेको उनी हिँड्ने रुटमा सुरक्षाका लागि २ हजार प्रहरी परिचालन गरिएको छ ।
सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ ।
नरवणेले नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण कडा सुरक्षा प्रदान गरिएको छ । सम्भावित थ्रेटलाई ध्यानमा राखेर सुरक्षामा कडा गरिएको हो ।
‘लिपुलेक विवाद’मा नरवणेले ‘कसैको ईशारामा नेपालले लिपुलेक मुद्दा उचालेको’ भनेर विवादास्पद अभिव्यक्ति दिएका उनको नेपालमा चर्को विरोध भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोल्टी होटलसम्म लैजानका लागि तीन वटा रुट प्रयोग गरिएको छ ।
उनलाई नेपाली सेनाले स्कर्टिङ गरेर सोल्टी होटल लगेको छ । सेनाले तीन वटा रुट प्रयोग गरेर होटल लगेको भएपनि कुन कुन रुट भनेर खुलाइएको छैन । त्यस्तै, वुधवार नै उनले पशुपती दर्शन गर्दै छन् । पशुपति दर्शनका लागि पनि तिनवटा रुट तय गरिएको छ ।















प्रतिक्रिया