
काठमाडौँ, १९ कात्तिक । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन् ।
उनी भारतीय सैनिकको विशेष विमानमार्फत त्रिभुवन विमास्थल, काठमाडौँ आइपुगेका हुन् ।
नेपाली सेनाको स्कर्टिङमा नरवणे सोल्टी होटल गएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने नेपाल भ्रमणमा आएका नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाल भ्रमणको अवधिमा उनले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग समेत औपचारिक भेटघाट गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया