नयाँदिल्ली, १९ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्ले अफमा पुगेको छ।
मंगलबार राति सारजहामा सम्पन्न खेलमा हैदराबादले टस जितेर मुम्बईलाई ब्याटिङ गर्न निम्ता दिएको थियो ।
पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य हैदराबादले बिना कुनै विकेट १७.१ ओभरमै भेट्टायो ।
हैदराबादका लागि डेभिड वार्नरले ८५ रन जोडे। उनले ५८ बलमा १ छक्का र १० चौका हिर्काए। त्यस्तै रिद्धिमान साहले ४५ बलमा ५८ रन जोडे ।
यसअघि ब्याटिङ गरेको मुम्बईका लागि किएरोन पोलार्डले ४१ तथा सूर्यकुमार यादवले ३६ रन बनाए। त्यस्तै इशान किसनले ३३ तथा क्वीन्टन डि ककले २५ रन जोडे । अन्य ब्याट्समेन भने चल्न सकेनन् ।















प्रतिक्रिया