घाेराही, १९ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१७ का माधवप्रसाद घिमिरेलाई नागमणि दिने भन्दै झण्डै दुई करोड रुपियाँ ठगी भएको छ ।
घोराहीबाट डिलिङ हुँदै नेपालगन्जको न्युरोडस्थित एक होटलमा केही दिन बसेका दैलेख नौमुलेका धनबहादुर रोका, सल्यान कुमाखका कृष्ण शाह र सल्यान शारदा नगरपालिकाका डिल्लीबहादुर बोहराले नागमणि दिने भन्दै घिमिरेबाट १ करोड ८९ लाख ५० हजार रुपियाँ ठगेका हुन् ।
उनीहरूले सानो बल्बजस्तो बल्ने वस्तुलाई नागमणि भन्दै देखाएका थिए । केही दिनदेखि होटलमा बसेका उनीहरूले पैसा बुझेको दिन राति पूजा गरेर नागमणि दिने सहमति गरेका थिए । उनीहरू होटलबाट साेही राति पैसा लिएर भागेका थिए ।
बाँके प्रहरीको सक्रियतामा रोका, शाह र बोहरा नेपालगन्ज उपमहानगरपालिका–१ बाट पक्राउ परेका छन् । उनीहरूको साथबाट ४० लाख रुपियाँ बरामद भएको छ ।











प्रतिक्रिया