८ कार्तिक २०८३, आइतबार

पार्टी विवादका बीच नेकपा उपाध्यक्ष गौतम र राष्ट्रपति भण्डारीबीच किन भयो भेटवार्ता ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको छ ।

मंगलबार उपाध्यक्ष गौतमले राष्ट्रपति भण्डारीसँग विशेष समय लिएर शितलनिवासमा छलफल गरेका हुन् ।

छलफलमा नेकपाको पछिल्लो विवादका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।

उनीहरुबीच लामो छलफल भएको थियो । यद्यपि के कुराकानी भएको भन्नेबारे चाँही केही खुलाइएको छैन ।

भेटमा राष्ट्रपतिले नेताहरुले आपसी समझदारीले नेकपाको विवाद समाधान गर्ने विश्वास व्यक्ति गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आफूसँग नेताहरु भेट्न आउने र आफूलाई लागेको कुराकानी हुने र बाहिर गएर अनाश्यवक हल्ला फैलिनेबारे गुनासो समेत गरिन् ।

नेता गौतमले आफूले राष्ट्रपतिमाथि त्यस्तो कुनै आशंका नगरेको बताए ।

उनले आफू आइसोलेसनमा बस्नुपरेकोले राष्ट्रपतिसँग भेट्न ढिलो भएको बताए । उनले शीतल निवासमा आफूले विवादमा पर्न र पार्न नआएको समेत बताए ।