सुनसरी, १८ कात्तिक । आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १५ बस्ने ४२ वर्षीय गोपाल मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गोपालले कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि धरान घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया