८ कार्तिक २०८३, आइतबार

एक करोडसहित हुण्डी कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । हुण्डी कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका २३ ओमबहालस्थित होटल गोल्डेन लिफबाट ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ११ ताहाचल बस्ने झापा दमक नगरपालिका ११ घर भएका ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका ३१ बस्ने झापा घर भएका २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका २२ बस्ने पर्वत कुश्मा नगरपालिका १ घर भएका ३२ वर्षीय गणेश पौडेल रहेका छन् ।

उक्त होटलमा अवैध रुपमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई गैरकानुनी रुपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रुपैयाँ र ९ सय अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।