८ कार्तिक २०८३, आइतबार

यस्तो छ चन्द्र ढकालको चुनावी प्यानल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले मुलुकमा वैदेशिक लगानी भित्र्याउन, निजी क्षेत्रको प्रवर्द्धन गर्न र सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा लगानीमैत्री वातावरण बनाउन, रोजगारी सिर्जना गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताएका छन् ।

‘निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सृजना गर्ने उद्देश्य अनुरुप मेरो नेतृत्वमा हामीले उम्मेदवारी दर्ता गराएका छौं,’ आफ्नो टीमका सदस्यहरुको उम्मेदवारी दर्ता कार्यक्रममा उनले भने, ‘मेरो नेतृत्वको टीमले देशमा लगानी मैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा सहकार्य गर्नेछ ।’

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले उहाँको टीमको जित सुनिश्चित रहेको बताए । उनले महासंघको नेतृत्वका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम नै सबल र सक्षम भएको र सफल हुने दावी गरे ।

ढकाल प्यानलबाट आज नै विभिन्न व्यक्तिहरुले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्स तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । वस्तुगत तर्फका बाँकी केन्द्रीय सदस्यका उम्मेदवारहरुले केहीदिन भित्रै उम्मेदवारी दिनेछन् ।

यसैगरी जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामिया लगायतले उम्मेदवारी दर्ता गराएका छन् । यस प्यानलबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

एशोसिएट्स तर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकी केन्द्रीय सदस्य पदका उम्मेदवारहरुले पनि केहीदिनभित्रै उम्मेदवारी गर्दा गराउने ढकाल प्यानलका जिल्लारनगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीले जानकारी दिए ।

तिवारीले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकालको पहलमा पाल्पामा दुर्घटनामा परी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका महासंघका केन्द्रीय सदस्य किशोर श्रेष्ठ र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले यस अघि नै उनको टीमबाट जिल्ला नगरतर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिइसक्नुभएको बताए ।