
काठमाडौँ, १८ कात्तिक । भिटेन भनेर चिनिने र्याप गायक समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालतले भिटेनलाई गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जनाए ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले आदेश जारी गरेको हो ।
प्रहरीले आफूलाई पक्राउ गर्न लागेको भनेर बचाउका लागि भिटेन उच्च अदालत पाटन पुगेका थिए ।
उनको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रहरीका नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो ।
हाल अस्तित्वमा नरहेको गीतसंगीतको निवेदनको अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।
उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो ।
भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै कारवाहीका लागि ब्युरोलाई पत्र पठाइएको थियो ।
भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।
यसअघि पनि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै प्रहरीले पक्राउ गरेर भिटेनलाई अबदेखि त्यस्ता शब्द प्रयोग नगर्ने शर्तमा कारवाही नगरी रिहा गरेको थियो ।















प्रतिक्रिया